५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट

  • कालिका खवर
  • शनिबार, बैशाख १२, २०८३
  • सुर्खेत । नेपाल प्रहरीले रुकुम पश्चिममा ५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि वैशाख १० गतेसम्म रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

    आठविसकोट नगरपालिकामा सबैभन्दा धेरै ४ सय रोपनी क्षेत्रफलमा लगाएको लागूऔषध अफिम नष्ट गरिएको उनले बताए । सानीभेरी गाउँपालिकामा ९० र बाँफिकोट गाउँपालिकामा २८ रोपनी गरेर कुल ५ सय १८ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । अफिम लागूऔषध भएकोले अवैध मानिन्छ ।

    आठविसकोट नगरपालिकामा धेरै अफिम उत्पादन हुने गरेको प्रहरीले जनाएको छ । प्रहरीले वर्षेनी अफिम खेती नष्ट गर्दै आए पनि उत्पादनमा भने कमी आउन सकेको छैन । जंगलको बीचमा उत्पादन हुने भएको उत्पादन गर्ने व्यक्तिको पहिचान गर्न समेत प्रहरीलाई मुस्किल हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar