सशस्त्रका ७ एसपी एसएसपीमा बढुवा सिफारिस

  • कालिका खवर
  • शनिबार, बैशाख १२, २०८३
  • काठमाडौं : सशस्त्र प्रहरी बलका ७ जना प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

    शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त ७ पदमा बढुवाका लागि सिफारिस गर्दै सूचना प्रकाशित गरेको हो। बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने सूचनामा उल्लेख छ।

    दिपकुमार महर्जन, सुधिर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्रांगत दाहाल, सुभाष भण्डारी र प्रदिपसिंह कार्की बढुवाको लागि सिफारिस भएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar