मिक्स ब्लाइन्ड टुर्नामेन्टको उपाधिका लागि गण्डकी र बाग्मती भिड्ने

  • कालिका खवर
  • सोमवार, बैशाख ७, २०८३
  • ललितपुर (गोदावरी) – मिक्स ब्लाइन्ड टुर्नामेन्टको उपाधिका लागि गण्डकी प्रदेश र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । नेत्रहीनता र अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक समावेशीकरण र सम्मानजनक जीवनयापन प्रवद्र्धन गर्दै लैङ्गिक समानताका लागि आयोजना भएको प्रतियोगिताको उपाधिका लागि गण्डकी र बाग्मती भिड्ने भएका हुन् ।

    लैंगिक समानताको लागि नेत्रहीन क्रिकेट संघ नेपालको आयोजना तथा एडिडास फाउन्डेसनको सहयोगमा चलिरहेको प्रतियोगिताको फाइनल खेल चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार विहान हुनेछ । सोमबार सम्पन्न खेलमा गण्डकीले कोशी प्रदेशलाई ७६ रनले हराउँदै फाइनल पुगेको छ ।

    यो खेलमा गण्डकीका सुनिल राना मगर प्लेयर अफ दी म्याच घोषित भए । उनलाई राष्ट्रिय अपाङ्ग महासंघका बाग्मती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठले पुरस्कार दिए ।

    लैंगिक समानताको लागि चलिरहेको मिक्स ब्लाइन्ड टुर्नामेन्टको उपाधि विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पाउनेछन् ।

    नेत्रहीनता र अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक समावेशीकरण र सम्मानजनक जीवनयापन प्रवद्र्धन गर्दै लैङ्गिक समानताका लागि यो प्रतियोगिता आयोजना गरिएको नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमीरेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar