एम्बुलेन्सको ठक्करबाट हजुरबुवा र नातिको मृत्यु

  • कालिका खवर
  • आइतवार, बैशाख ६, २०८३
  • नेपालगन्ज । बर्दियामा एम्बुलेन्सको ठक्करबाट हजुरबुबा र नातिको मृत्यु भएको छ ।

    बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बीएए ०३०५ नम्बरको एम्बुलेन्सले आइतबार बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब सात वर्षीय नाति रिहान्सको मृत्यु भएको हो ।

    दुर्घटनामा दुईजना घाइते भएका छन् । दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता र ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका हुन् ।

    प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar