एरिका गुरुङ कराते वान प्रिमियर लिगको फाइनलमा स्वर्ण पदकका लागि आइतबार भिड्दै , रजत पक्का

  • कालिका खवर
  • शनिबार, चैत्र २८, २०८२
  • ललितपुर –नेपालकी बहुचर्चित कराते खेलाडी एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छिन् । महिलाको ६८ केजी तौल समूहको कुमुतेको फाइनलमा प्रवेशसँगै स्वर्ण पदकका लागि एक जित टाढा रहेकी उनका लागि कम्तिमा रजत पदक पक्का भएको छ ।
    चीनको लेसानमा जारी प्रतियोगितामा एरिकाले सेमिफाइनलमा इटलीयन खेलाडी फेराकुटी क्लियोलाई ८–३ ले हराउँदै फाइनलमा स्वर्ण पदकका लागि भिड्ने भएकी हुन् ।
    अब एरिकाले स्वर्ण पदकका लागि आइतबार काजकिस्तानकी सोफिया बेरुल्टसेभासँग प्रतिस्पर्धा गर्नेछिन् । एरिकाका लागि सोफिया परिचित प्रतिद्वन्द्वी हुन् ।
    ३ महिनाअघि टर्कीमा भएको कराते वान प्रिमियर लिगको फाइनलमा एरिका सोफियासँग नै पराजित भएकी थिइन्। पराजित भएपनि एरिकाल ऐतिहासिक े रजत पदक पाइन् ।
    यसअघि शनिबारै भएको क्वाटरफाइनलमा स्लोभेनियाकी जिब्रेत जालालाई ८–० ले सजिलै हराउँदै सेमिफाइनलमा पुगेकी थिइन्। त्यसअघि एरिकाले शनिबारै समुह चरणको तीन खेल जित्दै क्वाटरफाइनलमा स्थान बनाएकी हुन्। उनले समूह चरणको खेलमा मोन्टेनेग्रोकी योभाना डामयानोभिकलाई २–० ले हराउँदा डब्लुकेएफको झण्डामा खेलेकी मारिया मालाखाभालाई सेन्युको आधारमा हराएकी थिइन्। १–१ को बराबरी पछि छिनोफानो खेल सेन्युुका आधारमा भएको थियो । समूह चरणको अर्को खेलमा जर्मनीकी निर जोहानालाई एरिकाले २–१ ले हराइन्। एरिका एसियाली खेलकुदमा रजत पदक जित्ने किर्तीमानी नेपालकी सर्वाधिक सफल कराते खेलाडी हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar