पाइलट पक्राउबारे बुद्ध एयरले भन्यो– पाइलटको विषय पारिवारिक विवाद

  • कालिका खवर
  • शुक्रबार, साउन १, २०८३
  • काठमाडौं । बुद्ध एयरले आफ्ना एक पाइलट प्रहरी हिरासतमा रहेको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिन समिति गठन गरेको जनाएको छ ।

    कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक भएका समाचारअनुसार उक्त घटना पारिवारिक विवाद तथा झै–झगडासँग सम्बन्धित रहेको जानकारी प्राप्त भएको जनाएको छ ।

    घटनाबारे सत्यतथ्य बुझ्न बुद्ध एयरले आन्तरिक छानबिन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेकाले छानबिनको निष्कर्ष आएपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।

    विज्ञप्तिमा कम्पनीले सामाजिक उत्तरदायित्व र यात्रु सुरक्षालाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै तथ्यपरक छानबिन सम्पन्न भएपछि आवश्यक जानकारी सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar