कसैले पनि ‘छेडखानी’ गर्ने हिम्मत नगर्ने वातावरण निर्माण होस् : गणेश पराजुली

  • कालिका खवर
  • सोमवार, चैत्र २३, २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली नयाँ प्रतिनिधि सभाले कसैले पनि ‘छेडखानी’ गर्ने हिम्मत नगर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद पराजुलीले अघिल्लो संसद्मा सदनले कानुन बनाउँदा छेडखानी भएर छानबिन समिति बनाउनु परेको तितो यथार्थ रहेको भन्दै अब त्यस्तो अवस्था आउन दिन नहुने बताएका छन् ।

    उनले सदनमा सांसदले उठाएका सबै विषयको सम्बोधन हुने वातावरण निर्माण, प्रि बजेटबारे समयमै छलफल र सांसदले उठाएका विषय बजेटमा समावेश हुनुपर्ने बताए । उनले सांसदहरू आफ्ना योजना पूरा नभएको भन्दै मन्त्रीको घर चाहर्न नपर्ने वातावरण निर्माण हुनुपर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar