सुनको मूल्य आज तोलामा २६ सयले घट्यो, यस्तो छ नयाँ दर

  • कालिका खवर
  • सोमवार, चैत्र २३, २०८२
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा  गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले घटेको हो ।

    महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतिताेला २ लाख ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज सुनको मूल्य १० ग्राममा २ लाख ४९ हजार ८३० रुपैयाँ कायम गरिएको छ ।

    सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँ रहेको थियो । यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar