सशस्त्र प्रहरीका इन्स्पेक्टर ४० हजार घुससहित पक्राउ

  • कालिका खवर
  • शुक्रबार, चैत्र २०, २०८२
  • काठमाडौँ । धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक जना इन्स्पेक्टरलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्स्पेक्टर बिकिल अधिकारी छन् ।

    शुक्रबार उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट घुस बापत लिएको ४० हजार नगद बरामद गरिएको अख्तियारका एक जना अधिकृतले बताए ।

    कमला–ढल्केबर–बागमती सडक खण्ड अन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधन रोकेर अवरोध सिर्जना गर्दै उनले घुस माग्ने गरेको आरोप छ । आरोपीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar