३५ हजार क्याप्सुल ट्रामाडोल सहित चार जना पक्राउ

  • कालिका खवर
  • बुधबार, चैत्र १८, २०८२
  • काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ३५ हजार ५१६ क्याप्सुल सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय सुरेश तामाङ, दोलखाको भीमेश्वर–६ घर भएका २२ वर्षीय सञ्जीव घिसिङ, धनुषा घर भएका २२ वर्षीय सुरेन्द्र कुमार रौनियार र काभ्रेको रोशी गाउँपालिका–९ घर भएका २३ वर्षीय रोहित राना मगर छन् ।

    आरोपीहरूको साथबाट ३५ हजार ५१६ क्याप्सुल ट्रामाडोल बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले बताए । अनुसन्धान अधिकृतहरूले चैत १७ मा सुरुमा सुरेश तामाङलाई पक्राउ गरेर ३१ हजार ८ सय क्याप्सुल ट्रामाडोल बरामद गरेका थिए । उनको बयानको आधारमा पक्राउ परेका सञ्जीवको साथबाट १ हजार ९९६ क्याप्सुल ट्रामाडोल भेटिएको थियो । उनीहरूकै सम्पर्कमा रहेका थप दुई जना पछि पक्राउ परेका हुन् ।

    रोहित राना मगर र सुरेश तामाङ भदौ २४ मा जेनजी प्रदर्शनको क्रममा हिरासतबाट भागेका थिए । ट्रामाडोल कारोबार गरेको मुद्दामा ब्युरोले उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको थियो । त्यसबेला भागेका उनीहरू फेरि ट्रामाडोल सहित पक्राउ परेको एसपी रेग्मीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar