प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी ९ लाख रुपैयाँ ठग्ने दम्पती पक्राउ

  • कालिका खवर
  • बुधबार, चैत्र १८, २०८२
  • काठमाडौँ । प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–मण्डिखाटार, हलेसी महादेव मार्ग बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्।

    गएको भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परी हाल जगन्नाथदेवल (सुनधारा) कारागारमा पुर्पक्षका लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेका हुन्।

    हरि बहादुर थापा मगरले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो राम्रो चिनजान रहेको र सेटिङ मिलाएर धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए। उनले धरौटी रकम र वकिलको बहस खर्च भन्दै पीडित पक्षसँग रकम माग गरेका थिए।

    सोही योजनाअनुसार उनले आफ्नी श्रीमती मिठु मगरको बैंक खातामा ९ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए। रकम प्राप्त गरेपछि पनि काम नभएको र ठगी गरेको पुष्टि भएपछि प्रहरीले उनीहरूलाई मण्डिखाटारबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar