रमेश लेखकबारे रणनीति बनाउन कांग्रेस इतर समूहका नेताहरू छलफलमा

  • कालिका खवर
  • शनिबार, चैत्र १४, २०८२
  • काठमाडौँ । शनिबार पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकबारे रणनीति बनाउन नेपाली कांग्रेसका इतर समूहका नेताहरू बिच अहिले छलफल जारी छ । ठमेलको एक होटलमा इतर समूहका नेताहरूको बैठक बसेको हो ।

    बैठकमा कांग्रेसका पूर्णबहादुर खड्का, डा.शेखर कोइराला, विमलेन्द्र निधि, डा.शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल, निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेलसहित २ दर्जन नेता सहभागी रहेको श्रोतले बताएको छ । छलफल पछि विज्ञप्ति जारी गर्ने तयारी भइरहेको श्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar