पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा काठमाडौंसहित देशका प्रमुख सहरहरुमा प्रदर्शन

  • कालिका खवर
  • शनिबार, चैत्र १४, २०८२
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध एमाले नेता–कार्यकर्ता सडक प्रदर्शनमा उत्रिएका छन् ।

    अध्यक्ष ओली पक्राउको विरोधमा काठमाडौंको भृकुटीमण्डप र एमाले केन्द्रीय कार्यालय च्यासलसहितका स्थानमा प्रदर्शन भइरहेको हो । साथै, जिल्ला सदरमुकाम, प्रमुख सहरहरूमा समेत विरोध प्रदर्शन भइरहेको छ । उनीहरुले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै प्रतिशोधको राजनीति नगर्न सरकारलाई चेतावनी दिएका छन् । साथै, पूर्वप्रधानमन्त्री ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar