बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो ?

  • कालिका खवर
  • शुक्रबार, चैत्र १३, २०८२
  • काठमाडौं । नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले सरकारसमक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ताको समेत जिम्मेवारी पाएका नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सो जानकारी गराएका हुन् ।

    सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका चार निर्णयहरुः

    १. २०८२ भदौ २३ र २४ गते ज्यान गुमाएका ज्ञातअज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने ।

    २. सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने ।

    ३. सरकारको शासकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गर्ने ।

    ४. भदौ २३ र २४ गते प्रदर्शनमा भएका घटनाहरुको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar