अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • कालिका खवर
  • बिहिबार, चैत्र ५, २०८२
  • काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने ५५ वर्षीया मिना घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

    मिनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar