कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

  • कालिका खवर
  • आइतवार, चैत्र १, २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा समानुपातिक सांसद छनोटको विषय मुख्य एजेण्डा रहेकाे छ ।

    निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरू मध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुने जनाइएको छ ।

    कांग्रेसले समानुपातिकतर्फ २० सिट पाउने भएको छ ।  गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar