काठमाडौं–५ मा ईश्वर पोखरेललाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार पौडेलले लिइन् उम्मेदवारी फिर्ता

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन १५, २०८२
  • काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्ने भएकी छन् । उनले शुक्रबार दिउँसो १ बजे सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार उपसमितिका प्रमुख डा. दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

    मोबाइल चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएकी पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै नेकपा (एमाले)का तर्फबाट सोही क्षेत्रका उम्मेदवार ईश्वर पोखरेललाई समर्थन तथा ऐक्यबद्धता घोषणा गर्ने तयारी गरेकी हुन् ।

    पौडेलले राष्ट्रिय स्वाधिनताको रक्षा र जनसमस्याको सम्बोधन हुने अपेक्षासहित एमाले उम्मेदवार पोखरेललाई समर्थन गर्न लागेको श्रेष्ठले बताए । पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गरिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar