लमजुङका सिडिओ ढुंगाना निलम्बित

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन १५, २०८२
  • काठमाडौं : लमजुङका सिडिओ उमेश ढुंगाना निलम्बनमा परेका छन्। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ढुंगाना गत वर्ष लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सचिवको रूपमा कार्यरत रहँदा भारतबाट चोरी गरी ल्याइएका गाडीको दर्ता प्रकरणमा मुछिएका हुन्। जसमा उनीसहित ३२ जनाविरुद्ध मुद्दा दायर भएको छ।

    भन्सार छली गरेर ल्याइएको गाडीको दर्ता गरेर सक्कली ब्लुबुक नै दिएको खुलेपछि यातायात कार्यालयले अधिकृत प्रेमप्रसाद उपाध्यायको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। जुन समितिले कर्मचारीको त्यसमा कुनै मिलिभगत नभएको भनेर योजनाबद्ध रूपमा प्रतिवेदन बनाइएको थियो। जुन प्रतिवेदनलाई स्वीकृत गरेको आधारमा सहसचिव ढुंगाना भ्रष्टाचार मुद्दामा तानिएका हुन्। उनी गत पुसमा मात्र लमजुङको सिडिओमा खटाइएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar