वीरगंज –२ का पूर्ववडाध्यक्ष शेख अब्बास एमालेमा प्रवेश, प्रदीप यादवद्वारा स्वागत

  • कालिका खवर
  • आइतवार, माघ २५, २०८२
  • वीरगंज  – वीरगंजमहानगरपालिका वडा नम्बर–२ का पूर्ववडाध्यक्ष शेख अब्बास नेकपा एमालेमा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा नेपाल) बाट वडाध्यक्षमा निर्वाचित अब्बासले आइतबार जसपा नेपाल परित्याग गरी एमालेमा आवद्ध भएका हुन्।

    आइतबार बिहान छपकैयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पर्सा–२ का एमाले उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले अब्बाससहितका नवप्रवेशीहरूलाई स्वागत गरे। कार्यक्रममा बोल्दै यादवले आफू सधैं जनताको हरेक दुःख–सुखमा साथमा रहेको दाबी गर्दै भने, “अहिले चुनावका लागि रूप फेरेर नेताहरू जनतासँग आइरहेका छन्। तर खानेपानीको संकट र हैजाको महामारीको समयमा उनीहरू कहाँ थिए? त्यस बेला जनताको बीचमा यही प्रदीप यादव उभिएको थियो। अब कसलाई जिताउने निर्णय जनताकै हातमा छ।”

    यादवले देश जलाउने कि देश जोगाउने नेतृत्वलाई भोट दिनुपर्नेमा जोड दिँदै देश बनाउने र जनताको सेवामा खटिने प्रतिनिधि रोज्नुपर्ने बताए। कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मला देवकोटा, जिल्ला सचिव महेश दास, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता सुन्दर कुर्मी लगायतका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

    पूर्ववडाध्यक्ष अब्बासको एमाले प्रवेशलाई वीरगन्ज–२ मा पार्टीको संगठन विस्तार र चुनावी अभियानका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। यस घटनाले पर्सा–२ मा एमालेको राजनीतिक माहोल थप सशक्त बनाएको विश्लेषकहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar