बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक

  • कालिका खवर
  • सोमवार, पुस १४, २०८२
  • काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक आज (सोमबार) जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।

    लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह १२ बजे जान लागेका हुन् ।

    पूर्वगृहमन्त्री लेखकले आज नै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत पनि आफ्नो धारणा सार्वजनिक गर्ने छन् ।

    भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar