एमालेको सचिवालय बैठक बस्दै

  • कालिका खवर
  • आइतवार, पुस १३, २०८२
  • काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजे बस्ने भएको हो ।

    बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सन्दर्भमा छलफल हुने बताइएको छ । दलहरूले आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ ।

    त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको एक नेताले बताए । साथै ११औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar