आयोगमा बयान दिन जान्छु : पूर्वगृहमन्त्री लेखक

  • कालिका खवर
  • बिहिबार, पुस १०, २०८२
  • पाटन (ललितपुर), १० पुस । पूर्वगृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताउनुभएको छ ।

    सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उहाँले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताउनुभएको हो ।

    “आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियोे, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु”, उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar