एमालेको मतदानमा ढिलाइ

  • कालिका खवर
  • मङ्लबार, पुस १, २०८२
  • काठमाडौँ : काठमाडौँमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान अझै सुरु हुन सकेको छैन । केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो । तर यो समय पनि धकेलिएर साँझ ४ बजेदेखि मतदान हुने भनिएको थियो । तर यो समयमा पनि मतदान सुरु हुने छाँटकाँट देखिएको छैन ।

    ‘नाम तलमाथि परेको भएर मिलाउनु पर्‍यो । हरेक उम्मेदवारको फोटोको कोडिङ गर्नुपर्छ । बिहान १० बजेसम्म कोडिङ गर्‍यौँ । फेरि तलमाथि परेको सच्याउन नयाँ कोडिङ गर्नुपर्छ । बुथ तयार छ । रातिको ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्छ,’ प्राविधिक लक्ष्मण रिमालले भने । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । उनीहरू प्यानलसहित प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar