एमालेको बन्दसत्र सरयो दिउँसो सवा १२ बजेबाट सुरु हुने

  • कालिका खवर
  • आइतवार, मंसिर २८, २०८२
  • काठमाडौँ ।नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समय सारिएको छ। आज बिहान ८ बजेका लागि तय गरिएको बन्दसत्र अब दिउँसो सवा १२ बजेबाट सुरु हुने भएको छ।

    केन्द्रीय कमिटीको अन्तिम बैठक आज बिहान ९ बजे बस्ने भएकाले बन्दसत्रको समय सारिएको हो। हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएपछि आजबाट बन्दसत्र सुरु हुन लागेको हो।

    शनिबार भक्तपुरमा औपचारिक रूपमा उद्घाटन भएको नेकपा (एमाले)को एघारौँ महाधिवेशनको बन्दसत्र आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा नेतृत्व चयनलगायतका महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ।अध्यक्षमा ओलीविरुद्ध ईश्वर पोखरेलले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

    एमालेमा हाल अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना हुने व्यवस्था छ । केन्द्रीय कमिटी २५१ सदस्यीय हुने प्रावधान छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar