प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

  • कालिका खवर
  • आइतवार, मंसिर २१, २०८२
  • काठमाडौँ, २१ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको छ ।

    गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदबारमा संरचनाको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको हो ।

    उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar