एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छ : सचिव अर्याल

  • कालिका खवर
  • आइतवार, मंसिर २१, २०८२
  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताएकी छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    उनले भनिन्, ‘समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको छ । एआईले पत्रकारिता कहाँ पुर्‍याउने भन्ने अनिश्चितता बढाएको छ । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको छ ।’

    एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको उनले सुनाइन् । पत्रकारिता क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेकाले उनले पत्रकारहरूलाई यसमा ध्यान दिन आग्रह गरिन् । पत्रकारिताको सकारात्मक कदममा सरकार सधैँ साथमा रहेको छ र सकारात्मक कदमका लागि सरकारले सधैँ सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar