रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्काशन गर्ने सेबोनको स्वीकृति

  • कालिका खवर
  • मङ्लबार, मंसिर १६, २०८२
  • काडमाडौं । नेपाल धितोपत्र बोर्डले (सेबोन) रिलायन्स स्पिनिङ मिल्सलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति दिएको छ। बोर्डले मंगलबार उच्च अदालत पाटनको परमादेश कार्यान्वयन गर्दै आईपीओ निष्काशनको बाटो खुला गरेको हो।

    बोर्डले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पठाएको पत्रमा उच्च अदालत पाटनले २०८१ असार १२ गते जारी गरेको आदेशअनुसार कम्पनीको शेयर निष्काशन प्रकृया अघि बढाउन निर्देशन दिएको उल्लेख छ। पत्रमा भनिएको छ, “उच्च अदालत पाटनबाट मिति २०८१/०३/१२ मा भएको स्वीकृतिअनुसार निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानून बमोजिम आवश्यक निकासा दिनु भनी परमादेश जारी भएकाले सार्वजनिक निष्काशन प्रकृया अगाडि बढाउनु हुन जानकारी गराइन्छ।”

    रिलायन्स स्पिनिङ मिल्सले एक वर्षअघि नै प्रतिकत्ता ८२०.८० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ दिने प्रक्रिया सुरु गरेको थियो। यसअघि संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँमा आईपीओ खरिद गरिसकेका छन्।

    सेबोनको अनुमति पाएसँगै कम्पनीले अब श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खोल्नेछ। त्यसपछि आम सर्वसाधारणका लागि आईपीओ बिक्री प्रक्रिया अघि बढाइने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar