सिटिजन लाइफ इन्स्योरेन्स नयाँ बोनस दर सार्वजनिक गर्ने पहिलो कम्पनी

  • कालिका खवर
  • सोमवार, मंसिर १५, २०८२
  • काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नयाँ बोनस दर सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरूका लागि नयाँ बोनस दर लागू गर्ने निर्णय गरेको हो।

    कम्पनीले नेपाल बीमा प्राधिकरणबाट आर्थिक वर्ष २०८१/८२ को बीमाङ्कीय मूल्यांकन प्रतिवेदन मंसिर १४ गते स्वीकृत गराएपछि प्रतिहजार बीमांकमा लाग्ने बोनस दर सार्वजनिक गरेको हो। नयाँ दर २५ रुपैयाँदेखि ८० रुपैयाँसम्म रहनेछ।

    विभिन्न बीमायोजनाहरूमा कायम गरिएको बोनसदर

    १) अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

    • १०–१४ वर्ष : ४४ रुपैयाँ

    • १५–१९ वर्ष : ४९ रुपैयाँ

    • २०–२४ वर्ष : ५५ रुपैयाँ

    २) वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेख

    • ९ वर्ष : २५ रुपैयाँ

    • १०–१४ वर्ष : २७ रुपैयाँ

    • १५–१९ वर्ष : २७ रुपैयाँ

    • २०–२४ वर्ष : २८ रुपैयाँ

    ३) सिटिजन शुभारम्भ योजना (सावधिक)

    • ९ वर्ष : ३५ रुपैयाँ

    • १०–१४ वर्ष : ३९ रुपैयाँ

    • १५–१९ वर्ष : ४१ रुपैयाँ

    • २०–२४ वर्ष : ४६ रुपैयाँ

    • २५–२९ वर्ष : ६५ रुपैयाँ

    • ३० वर्ष वा बढी : ७५ रुपैयाँ

    ४) सावधिक जीवन बीमालेख

    • ९ वर्ष : ३८ रुपैयाँ

    • १०–१४ वर्ष : ४२ रुपैयाँ

    • १५–१९ वर्ष : ४५ रुपैयाँ

    • २०–२४ वर्ष : ५० रुपैयाँ

    • २५–२९ वर्ष : ६३ रुपैयाँ

    • ३० वर्ष वा बढी : ७३ रुपैयाँ

    ५) सिटिजन बाल भविष्य योजना र बाल भविष्य योजना प्लस (सावधिक)

    • ९ वर्ष : ४० रुपैयाँ

    • १०–१४ वर्ष : ४४ रुपैयाँ

    • १५–१९ वर्ष : ४७ रुपैयाँ

    • २०–२४ वर्ष : ५२ रुपैयाँ

    • २५–२९ वर्ष : ६७ रुपैयाँ

    ६) सिटिजन जीवन बीमा सारथी योजना

    • ९ वर्ष : ३८ रुपैयाँ

    • १०–१४ वर्ष : ३९ रुपैयाँ

    • १५–१९ वर्ष : ४१ रुपैयाँ

    • २०–२४ वर्ष : ४३ रुपैयाँ

    • २५–२९ वर्ष : ६५ रुपैयाँ

    • ३० वर्ष वा बढी : ८० रुपैयाँ

    कुन–कुन दाबीमा लागू हुन्छ?

    कम्पनीका अनुसार, बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा सबै चालु बीमालेखहरूमा लागू हुनेछ। अर्को बीमाङ्कीय मूल्यांकन प्रतिवेदन स्वीकृत नहुँदासम्मका लागि पनि सोही बोनसदर निरन्तर लागु हुने बताइएको छ।

    सिटिजन लाइफले बोनस दर सार्वजनिक गर्दै बीमितहरूको प्रतिफल थप आकर्षक र प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar