एनआईसी एशिया बैंक र एनसीएचएलबीच डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे’का लागि प्रिन्सिपल मेम्बरसिप सम्झौता

  • कालिका खवर
  • सोमवार, मंसिर १५, २०८२
  • काठमाडौँ । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक सम्झौता भएकाे छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

    एनसीएचएलले हालै नेपाल पे कार्ड सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना स्विचहरू इन्टिग्रेट गर्न आह्वान गरेपछि विभिन्न बैंक तथा एफआईहरूले नेपाल पेमा आवद्ध हुने प्रक्रिया तीव्र पारेका छन्। नेपाल पेको कमर्शियल रोलआउट पश्चात् एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि नेपाल पे कार्ड इश्यू तथा अक्वायर गर्न सक्षम हुनेछ।

    एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता (Interoperability) कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्ट गर्ने केन्द्रीय कार्ड स्विचको रूपमा विकास गरिएको छ। यस प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि कारोबार लागत घट्ने, डाटा लोकलाइजेशन सुनिश्चित हुने, र डिजिटल इकोसिस्टममा नवीनतम प्रविधि तथा उपकरणहरूको विकासलाई गति प्राप्त हुने अपेक्षा गरिएको छ।

    एनसीएचएलले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, प्रमुख पीएसओ र पीएसपी, तथा १०० भन्दा बढी गैर–बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar