कामना सेवा विकास बैंकलाई ३५ लाख अविमोच्य अग्राधिकार शेयर निष्कासनको अनुमति

  • कालिका खवर
  • सोमवार, मंसिर १५, २०८२
  • काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु. १०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ।

    विकास बैंकको १८ औं वार्षिक साधारणसभाबाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित भई नेपाल राष्ट्र बैंकको स्वीकृति लिएपछि सेबोनमा स्वीकृतिका लागि पेश गरिएको थियो। बोर्डले प्रस्ताव समीक्षा गरी शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको हो।

    बैंकका अनुसार, अग्राधिकार शेयर निष्कासनपछि बैंकको पूँजी संरचना थप सुदृढ हुने, पुँजीकोष वृद्धि हुने र व्यवसाय विस्तारका अवसर बढ्ने छन्। हालको बजार तरलता र प्रतिफल दरलाई हेर्दा ९ प्रतिशत लाभांश प्रदान गर्ने यस अग्राधिकार शेयर संस्थागत लगानीकर्ताका लागि आकर्षक लगानी विकल्प हुने बैंकको दाबी छ।

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष सुदृढीकरणका लागि हकप्रद शेयरको विकल्पका रूपमा सर्कुलरमार्फत अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने व्यवस्था खुला गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar