सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इलामका बाढी–पहिरो प्रभावितलाई न्यानो कपडा हस्तान्तरण

  • कालिका खवर
  • सोमवार, मंसिर १५, २०८२
  • काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी–पहिरो प्रभावित परिवारहरूलाई न्यानो कपडा वितरण गरेको छ। मंसिर १५ गते आयोजित अलग–अलग कार्यक्रममा इलामको सूर्योदय नगरपालिका र इलाम नगरपालिकाका प्रभावित नागरिकका लागि न्यानो कपडा हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

    कार्यक्रममा बैंककी मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा हस्तान्तरण गरिन्।

    सूर्योदय नगरपालिकाका प्रभावितका लागि बैंकको तर्फबाट ३५० वटा नयाँ ज्याकेट तथा दाताहरूबाट संकलित ७ बोरा न्यानो कपडा प्रदान गरिएको छ। त्यस्तै, इलाम नगरपालिकाका प्रभावितका लागि १७५ वटा नयाँ ज्याकेट तथा ५ बोरा न्यानो कपडा हस्तान्तरण गरिएको छ।

    बैंकको स्थापना दिवसको अवसरमा बाढी–पहिरो प्रभावितलाई न्यानो कपडा सहयोग गर्ने घोषणाअनुरूप उक्त सहयोग कार्य सम्पन्न गरिएको बैंकले जनाएको छ।

    हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा र ३० एटीएममार्फत सेवा विस्तार गरिरहेको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तरता दिँदै बैंकले आगामी दिनमा सेवा र पहुँचलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar