छिमेकीले पनि चुनाव होस् भन्ने चाहेका छन्, चुनाव फागुन २१ मै हुन्छ : प्रचण्ड

  • कालिका खवर
  • आइतवार, मंसिर १४, २०८२
  • पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते निर्वाचन हुने दावी गरेका छन् । उनले कोहीपनि द्धिविदामा नरहन आग्रह गरे । आइतबार पोखरामा भएको प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै चुनावका लागि सरकार र छिमेकीहरु (चीन र भारत लगायत देशहरु) समेत सकारात्मक रहेको बताए । ‘कोहीपनि द्धिविधामा बस्न जरुरी छैन, चुनाव फागुन २१ गते हुन्छ र हुनुपर्छ ।

    हाम्रो एकता सभा सकिँदासम्म चुनावी माहोल बन्छ,’ उनले भने, ‘हाम्रा छिमेकीहरु पनि चुनाव होस् भन्ने चाहन्छन् । सरकार वार्ता बसिरहेको छ, चुनावका लागि ।’ उनले चुनावको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । सरकारले धेरै जनाधार भएको पार्टीलाई छोडेर जनाधार नै नभएको पार्टीसँग मात्रै संवाद गरिरहेको भन्दै उनले आफूहरुसँग संवाद गर्न चेतावनी दिए ।

    उनले अहिलेको सरकार नै आफू र माधवकुमार नेपालले बनाएको भन्दै हेक्का राख्न चेतावनी दिए । ‘जसको धेरै जनाधार छ, उसलाई भेट्दिनँ भन्छ भने चुनावी माहोल भड्काउन खोजिरहेको छ । भदौ २६ गते राती राष्ट्रपतिसँग बसेर प्रधानमन्त्री बनाउने सहमति मैले र माधवजीले गरेको हो,’ उनले भने, ‘यो कुराको हेक्का सरकारले राख्न जरुरी छ । देशभर चुनावी माहोल बनाउन पनि हामी यो सभामा जुटेका छौं ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar