सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की

  • कालिका खवर
  • आइतवार, मंसिर १४, २०८२
  • काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको प्रस्ट पारेकी छन्। प्रधानमन्त्री कार्कीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा आफुले दिएको अभिव्यक्ति कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय र नियत नभएको स्पष्ट गरेकी छन्।

    उनले भनेकी छन्- ‘लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन् । कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन,छैन । सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।’

    मङ्सिर ९ गते आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुसलमानहरूको प्रवृत्ति–व्यवहार अन्यायपूर्ण देखिएको बताएकी थिइन् । उनले उक्त समुदायमा जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखिएको बताएकी थिइन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar