पहिलो त्रैमासमा हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ८.६ प्रतिशतले वृद्धि

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन रिइन्स्योरेन्सले आफ्नो वित्तीय प्रदर्शन सुधार गर्दै खुद नाफामा ८.६ प्रतिशत वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार असाेज मसान्तसम्म कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा यो नाफा २२ करोड ६३ लाख रुपैयाँ थियो।

    यस्तै अवधि बाँध्यबीमा कारोबारमा समेत वृद्धि देखिएको छ। कम्पनीको खुद बीमाशुल्क आर्जन ९.३६ प्रतिशत बढेर १ अर्ब १ करोड १० लाख रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा बीमाशुल्क आर्जन ९२ करोड ४४ लाख रुपैयाँ थियो।

    कम्पनीका अन्य वित्तीय सूचकहरूमा पनि सकारात्मक सुधार देखिएको छ।

    • प्रतिसेयर आम्दानी (EPS) ८.७१ रुपैयाँबाट बढेर ९.०५ रुपैयाँ पुगेको छ।

    • प्रतिसेयर नेटवर्थ १५४.९८ रुपैयाँ रहेको छ।

    तर, लगानीबाट प्राप्त आम्दानी भने घटेको छ। गत वर्ष ३१ करोड २१ लाख रुपैयाँ रहेको लगानी आम्दानी यस त्रैमासमा घटेर २३ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ।

    हिमालयन रिइन्स्योरेन्सको चुक्ता पूँजी १० अर्ब ८६ करोड रुपैयाँ रहेको छ। कम्पनीकाे सञ्चित आम्दानी ९९ करोड ८१ लाख रुपैयाँ र विपत्ति कोषमा २१ करोड ४५ लाख रुपैयाँ छ।

    पहिलो त्रैमासिक नतिजाले कम्पनीले बीमा व्यवसाय विस्तार र नाफा वृद्धितर्फ ध्यान केन्द्रित गरिरहेको संकेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar