प्रधानमन्त्री कार्कीसहित सात जना मन्त्रीले सार्वजनिक गरे सम्पत्ति विवरण

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलमा सहभागी ७ मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । कूल १० सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ७ जना मन्त्रीहरुको सम्पत्ति विवरण प्राप्त भएको बताइएको छ । तीन जना मन्त्रीले भने सम्पत्ति विवरण सार्वजनिक गर्न बाँकी रहेको छ ।

    गत भदौ २७ गते जेन–जी आन्दोलनको बलमा पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिईन् । प्रधानमन्त्री कार्कीले भदौ ३० गते पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्धनिर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिईन् । यी मध्ये गृहमन्त्री अर्याल र अर्थमन्त्री खनालले सम्पत्ति विवरण बुझाएका छन् । ऊर्जामन्त्री घिसिङले भने अझै विवरण नबुझाएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar