सिंगापुरबाट आज स्वदेश फर्किँदै देउवा र श्रीमती आरजु

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किने भएका छन् । सिंगापुरमा रहेका सभापति देउवा आज बेलुकी नेपाल फर्किन लागेका हुन् । सभापति देउवा गत कात्तिक १० गते आफ्नी श्रीमती डा.आरजु राणासहित सिंगापुर गएका थिए ।

    जेन–जी आन्दोलनको क्रममा आक्रमणमा परि घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका हुन् । जेन–जी आन्दोलनको क्रममा देउवा दम्पतीमाथि आक्रमण भएको थियो । उपसभापति पूर्वबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर विदेशिएका देउवा फर्किएपछि कांग्रेसको महाधिवेशनको मिति टुङ्गो लाग्ने धेरैको आँकलन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar