थापा र यादवको महाधिवेशनसम्बन्धी कार्यतालिकालाई मिलाएर ल्याउनुपर्छ : रमेश लेखक

  • कालिका खवर
  • बुधबार, कार्तिक २६, २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकले महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेका महाधिवेशनसम्बन्धी कार्यतालिकालाई मिलाएर १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै लेखकले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गर्नुपर्ने बताए ।

    ‘विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गरौँ । त्यसका लागि विकल्प निकालौँ,’ लेखकले भने, ‘दुई वटा क्यालेन्डर आएको छ, दुई वटै क्यालेन्डरलाई मिलाएर एउटा क्यालेन्डर बनाएर जाउँ ।’

    कांग्रेस केन्द्रीय समिति बैठकमा असोज १९ गते महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री यादवले वैशाख २७ देखि ३० गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।

    लेखकले संसद् पुनर्स्थापनालाई भन्दा प्रतिनिधिसभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए । ‘अहिलेको परिस्थितिमा निर्वाचन नै पहिलो प्राथमिकतामा कांग्रेसले राख्नुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ,’ लेखकले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar