रवि–छविको निवेदन न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • काठमाडौं । सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दिएको निवेदन उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र र ओमप्रसाद अर्यालको इजलासमा परेको छ ।

    आफूलाई थुनामुक्त गर्न गरी साधारण तारेख माग गर्दै छुट्टाछुट्टै दायर निवेदन यसअघि उच्च र सर्वोच्च अदालतले समेत खारेज गर्दै उनीहरूलाई थुनामा पठाइएको थियो । त्यसपछि उनीहरूले बिगो बुझाएर साधारण तारेख माग गर्दै अर्को निवेदन दिएका हुन् ।

    उनीहरूको निवेदन जिल्ला अदालत रुपन्देहीबाट खारेज भइसकेको छ । उक्त खारेजीविरुद्ध ७३ नम्बर निवेदन यति बेला उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा विचाराधीन छ ।

    आज (कात्तिक २०) न्यायाधीशद्वयको इजलासबाट निवेदनको मागअनुरूप आदेश नपाए सर्वोच्च जाने उनीहरूको बाटो खुला हुनेछ । फौजदारी कार्यविधि संहिताले सहकारी ठगी मात्र मुद्दा हुँदा दाबी गरिएको पूरा बिगो बुझाएर बाहिरै बसेर मुद्दा लड्ने सुविधा दिएको छ । तर, संगठित अपराधसहितका अभियोग भएका अभियुक्तको हकमा यो सुविधामा बन्देज छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar