बयान लिन रवि लामिछानेलाई सिंहदरबारमा पुर्‍याइयो

  • कालिका खवर
  • बुधबार, कार्तिक १९, २०८२
  • काठमाडौं, १९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिँदैछ । बयानका लागि लामिछानेलाई ललितपुरको नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगकै कार्यालयमा पुर्‍याइएको छ ।

    ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले लामिछानेलाई सिंहदरबार पु¥याइसकिएको जानकारी दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।

    सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा लामिछाने कारागारमा छन् । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ललितपुरको नक्खु कारागारबाट बाहिर आएको विषयमा आयोगले बयान लिन लागेको हो ।

    उक्त दिन लामिछाने कारागारले यहाँ सुरक्षा दिन नसक्ने भन्दै पत्र दिएको बताउँदै जेलबाट बाहिर आएका थिए । आयोगले लामिछानेकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँग पनि बयान लिने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar