युक्रेनलाई टोमाहक मिसाइल दिने कुनै योजना छैन : ट्रम्प

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • काठमाडौं, १७ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई टोमाहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् ।

    फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन् । उनले युक्रेनलाई टोमाहक मिसाइल दिँदा रूससँगको युद्ध थप चर्किन सक्ने बताए ।

    अक्टोबर २२ मा ट्रम्प र नाटोका महासचिव माक रुट्टबीच ह्वाइट हाउसमा भएको भेटमा टोमाहक क्षेप्यास्त्रबारे छलफल भएको थियो । यो मिसाइल करिब १,००० माइल (१६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्छ । यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत हो । यस्तो मिसाइल सतहबाट मात्र करिब ३० मिटरमाथि उड्ने भएकाले रडारले पत्ता लगाउन कठिन हुन्छ ।

    अमेरिकासँग अहिले हजारौं टोमाहक मिसाइल रहेको अनुमान छ, तर नयाँ उत्पादन कम भएकाले स्टक घट्दो छ । त्यसैले युक्रेनलाई यस प्रकारको मिसाइल दिन अमेरिकी नेतृत्वले सजिलै निर्णय गर्न सक्दैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar