पाँच वर्षपछि भारत–चीन सीधा उडान पुन: सुरु

  • कालिका खवर
  • सोमवार, कार्तिक १०, २०८२
  • काठमाडौँ : भारत र चीनबीच झन्डै ५ वर्षापछि सिधा उडान पुनः सुरु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतको कोलकाताबाट लगभग १८० यात्रु बोकेको इन्डिगोको उडान ६ई-१७०३ सोमबार चीनको ग्वाङ्झाउ पुगेको छ। यसअघि कोरोना महामारीका बेला सन् २०२० को सुरुवातमा दुई देशबीच सिधा उडान रोकिएको थियो।

    त्यही वर्ष लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच हिंसात्मक झडप भएपछि उडान पुनः सुरु हुन सकेनन्। अहिले भने दुई देशबीच सम्बन्ध बिस्तारै सुधार हुँदै गइरहेको छ। गत वर्ष दुई पक्षबीच सीमा गस्तीमा ऐतिहासिक सम्झौतामा हस्ताक्षर पनि भएको थियो।

    यस वर्ष अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षपछि चीनको भ्रमण गरेका थिए र सोही महिना चीनका विदेशमन्त्री वाङ यीले पनि भारत भ्रमण गरेका थिए। भारत सरकारले उडान पुनः सुरु गर्नाले जनता-जनताको सम्पर्क बढाउने र ‘बिस्तारै द्विपक्षीय सम्बन्ध सामान्य बनाउन’ मद्दत गर्ने बताएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar