धनगढीमा प्रोटोन ईमासको अत्याधुनिक शोरूम उद्घाटन, तीन सवारी साधन हस्तान्तरण

  • कालिका खवर
  • शनिबार, कार्तिक १, २०८२
  • धनगढी । जगदम्बा मोटर्स प्रालि अन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले आज धनगढीको बोराडाँडीमा अत्याधुनिक शोरूमको भव्य उद्घाटन गर्दै आफ्नो तीव्र राष्ट्रिय विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

    उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले शोरूमको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि, ग्राहक, सञ्चारकर्मी र सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

    यस अवसरमा ब्रान्डले तीनवटा प्रोटोन ईमास ७ सवारी साधन हस्तान्तरण समेत गरेको छ, जसले सुदूरपश्चिम क्षेत्रमा बढ्दो ग्राहक विश्वास र उत्साह झल्काएको छ। कार्यक्रममा रिबन काट्ने, उत्पादन प्रदर्शन तथा सवारी हस्तान्तरणजस्ता आकर्षक गतिविधिहरूले वातावरण झनै उत्साहपूर्ण बनेको थियो।

    नयाँ उद्घाटन गरिएको यो थ्रीएस (Sales, Service, Spare Parts) सुविधा केन्द्रले ग्राहकलाई बिक्री, मर्मत तथा स्पेयर पार्ट्सका सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध गराएको छ। विश्वस्तरको ग्राहक अनुभवका लागि डिजाइन गरिएको यस शोरूमले धनगढीका ग्राहकलाई देशभरका प्रोटोन ईमास केन्द्रहरूसँग समान प्रिमियम मापदण्डमा सुविधा प्रदान गर्नेछ।

    कार्यक्रमका क्रममा केही प्रोटोन ईमासका मालिकहरूले आफ्ना सकारात्मक अनुभवहरू साझा गर्दै सुदूरपश्चिममा ब्रान्डप्रतिको विश्वास र आकर्षण दिनप्रतिदिन बढिरहेको बताएका थिए।

    उक्त अवसरमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेतवालले भने, “धनगढी शोरूम शैली, प्रदर्शन र दिगोपनासँग गतिशीलताको परिभाषा पुनर्लेखन गर्ने दिशामा हाम्रो यात्राको अर्को महत्वपूर्ण कदम हो। धनगढीका बासिन्दाहरूको प्रोटोन ईमास ब्रान्डप्रतिको जोश र हरित भविष्यप्रतिको विश्वासले हामीलाई गहिरो प्रेरणा दिएको छ।”

    यस विस्तारसँगै, प्रोटोन ईमासले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउँदै दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिको लक्ष्यतर्फ आत्मविश्वासपूर्वक अघि बढेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar