दशैं बिदामा पनि वैदेशिक रोजगार विभागले जारी गर्नेछ श्रम स्वीकृति

  • कालिका खवर
  • मङ्लबार, अशोज १४, २०८२
  • काठमाडौं । वैदेशिक रोजगार विभागले दशैंको बिदामा समेत श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको छ । विभागका महानिर्देशक कमल भट्टराईका अनुसार उत्सवका दिनमा पनि श्रमिकहरूको सहजताका लागि विशेष व्यवस्था गरिएको हो ।

    उनका अनुसार दशैं बिदामा श्रम स्वीकृति प्रदान गर्नका लागि डेडिकेटेड कर्मचारीहरूको व्यवस्था गरिएको छ । एक जना उपसचिवसहित सात जना कर्मचारीलाई बिदाका दिनमा पनि काम गर्ने गरी तोकिएको जानकारी उनले दिए ।

    भट्टराईले भने, “विदेश जाने तयारीमा रहेका श्रमिकहरूलाई बिदाका कारण कुनै असुविधा नहोस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो ।”

    दशैं बिदाको अवधिमा श्रम स्वीकृति जारी गर्नुपर्ने अवस्थाको हकमा ती तोकिएका कर्मचारीहरूले स्वीकृति प्रक्रिया अघि बढाउने छन् ।
    विभागले विगतका वर्षमा देखिएका समस्या दोहोरिन नदिन यस वर्ष समयमै तयारी गरेको बताएको छ । यस कदमले वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई सहयोग पुग्ने विभागको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar