ओलीको राहदानी रोक्ने निर्णयप्रति राष्ट्रिय युवा संघको गम्भीर आपत्ति

  • कालिका खवर
  • मङ्लबार, अशोज १४, २०८२
  • काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले वर्तमान सरकारले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय गरेकोमा तीव्र विरोध तथा गम्भीर आपत्ति प्रकट गरेको छ । संघले सोमबार एक वक्तव्य जारी गर्दै सरकारले राजनीतिक प्रतिशोधका आधारमा गरिएको यो निर्णय असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएको छ ।

    वक्तव्यमा भनिएको छ, “पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिको राहदानी रोक्नु सरकारले प्रतिशोधको राजनीति गर्न खोजेको स्पष्ट संकेत हो, जुन लोकतन्त्रका मूल्य–मान्यताविपरीत छ।”
    संघले यस्तो कदमले राजनीतिक द्वन्द्वलाई झनै तीव्र बनाउने र मुलुकको स्थायित्वमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ । साथै, संघले तुरुन्तै उक्त निर्णय फिर्ता गरी केपी शर्मा ओलीको आवागमनमा कुनै प्रकारको रोक नलगाउन सरकारसँग माग गरेको छ ।
    युवा संघले संविधानले प्रदत्त नागरिक अधिकारमाथि हस्तक्षेप गर्ने कुनै पनि निर्णय सह्य नहुने स्पष्ट पारेको छ । संघले आवश्यक परे सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar