मुस्ताङको कोरला नाकालाई त्रिदेशीय व्यापारको केन्द्र बनाउनु पर्छ : अध्यक्ष ढकाल

  • कालिका खवर
  • शनिबार, अशोज ११, २०८२
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङको कोराला नाकालाई त्रिदेशीय व्यापारको केन्द्रका रुपमा विकास गर्नुपर्ने बनाउनु भएको छ ।

    नेपाल–चीन सीमास्थित कोरला नाकाको अवस्था तथा यसको सम्भाव्यताको अध्ययन र अवलोकनका लागि मुस्ताङको जोमसोम पुग्नु भएका अध्यक्ष ढकालले गण्डकी प्रदेश तथा स्थमानीय उद्योगी व्यवसायीहरुसंगको अन्तरक्रिया तथा छलफलका क्रममा सो धारणा राख्नु भएको हो ।

    कालीगण्डकी करिडोरको निर्माण कार्य पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने भएकाले सो नाकालाई पर्यटन तथा आर्थिक अवसरका रूपमा विकास गर्न सकिने उहाँको धारणा थियो ।

    “ कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ । त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक अवसरका रूपमा यो नाकाको विकास गर्न सकिने हाम्रो विश्वास छ । उहाँले भन्नु भयो, करिडोरको निर्माण छिटो सम्पन्न गर्न र कोरला नाकालाई व्यवस्थित तथा दिगो ढंगले सञ्चालन गर्न सरकार तथा सम्बन्धित निकायहरूसँग म आग्रह गर्दछु । यसमा निजी क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य प्रति महासंघ प्रतिबद्धता छ । ”

    जोमसोममा स्थानीय व्यवसायीहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष ढकालले स्थानीय उत्पादनहरूको बजारीकरण गर्न आग्रह गर्नु भयो । उहाँले यस कार्यका लागि महासंघ सहयोग गर्न तयार रहेको बताउनु भयो । सो क्रममा महासंघका अध्यक्ष ढकाल सहित गण्डकी प्रदेश अध्यक्ष प्रदेशअन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरूको टोली जोमसोम पुगेको हो ।

    सोही अवसरमा आयोजित भेलाले राजु प्रसाद लालचलको अध्यक्षतामा मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति पनि गठन गरिएको छ । समितिको सचिवमा तिलक वि.क.,कोषाध्यक्षमा विष्णु शेरचन सदस्यहरुमा गणेश शेरचन, योगेश शेरचन,विनोद विसी र निशान तुलाचन रहनु भएको छ ।

    यस्तै भेलाले जिल्ला अन्तरर्गतका चारवटा पालिकाका एक एक जना प्रतिनिधिलाई सदस्यमा मनोनित गर्ने निर्णय पनि गरेको छ । तर्दथ समितिलाई बधाई तथा शुभकामना दिंदै अध्यक्ष ढकालले व्यवसायिहरुका हित तथा स्थानीय उत्पादनको बजाकिरण गर्दै अर्थतन्त्र चलायममान बनाउन तर्दथ समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बाउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar