रास्वपाका संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले दिए राजीनामा

  • कालिका खवर
  • शुक्रबार, अशोज १०, २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले शुक्रबार पदबाट राजीनामा दिएको सचिवालय सदस्य दीपक बोहराले जानकारी दिए ।

    ‘प्रभातजीले आज राजीनामा दिनुभएको हो । तर के कारणले राजीनामा दिएको भन्ने कुरा खुलेको छैन’, बोहराले भने । यसअघि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar