गोल्छा ग्रुपद्वारा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण

  • कालिका खवर
  • मङ्लबार, अशोज ७, २०८२
  • काठमाडौं । स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन र सुरक्षित आवागमनमा पर्न गएको चुनौतीलाई ध्यानमा राख्दै गोल्छा ग्रुपले काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान (पल्सर १५० सि.सि.) मोटरसाइकल हस्तान्तरण गरेको छ ।

    आज कार्यालय परिसरमा आयोजित कार्यक्रममा मोटरसाइकलहरू उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, सो संस्थाका पदाधिकारीहरू, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
    यस सहयोगले उपत्यकाको सडकमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar