काठमाडौँको सडकमा प्रहरीले लिन थाल्यो ड्युटी

  • कालिका खवर
  • बिहिबार, भदौ २६, २०८२
  • काठमाडौँ । जेनजी प्रदर्शनका कारण रक्षात्मक अवस्थामा पुगेको काठमाडौँ उपत्यकामा प्रहरीले ड्युटी लिन थालेको छ । भदौ २४ मा प्रदर्शनकारीले उपत्यकाका प्रहरी वृत्त र प्रभागहरुमा आगजनी गरेर प्रदर्शनकारीहरूले हतियार लुटेका थिए । प्रदर्शनकारीको आक्रमणमा परेका डीएसपी इन्चार्ज हुने वृत्तका प्रहरी कर्मचारीहरू नजिकको सैनिक ब्यारेकमा पुगेका थिए । सेनाले सुरक्षा कमाण्ड लिएर स्थिति नियन्त्रणमा आएपछि प्रहरी कर्मचारीहरू फिल्डमा फर्किएका हुन् । काठमाडौँको सडकमा ड्युटी लिन प्रहरी प्रधान कार्यालयबाट ३ सय भन्दा धेरै प्रहरी परिचालन गरिएको छ ।

    एक जना उच्च प्रहरी अधिकृत भन्छन्, ‘काठमाडौँको सडकमा प्रहरी खटाउन थालेका छौँ ।’ काठमाडौँ उपत्यकामा रहेका वृत्त र प्रभागका प्रहरी कर्मचारीहरू अझै काममा फर्किन सकेका छैनन् । प्रदर्शनकारीले प्रहरी वृत्त थानकोट, दरबारमार्ग, सातदोबाटो र बानेश्वर लगायतका वृत्तमा आगजनी गरेका थिए । प्रहरीका अधिकांश कार्यालयहरू तोडफोड भएका छन् । भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको भवनमा प्रदर्शनकारीहरूले आक्रमण प्रयास गरेका थिए ।

    २०८१ भदौमा उद्घाटन गरिएको सो भवनचाहिँ प्रहरी कर्मचारीले जोगाएका छन् । सशस्त्र प्रहरीको ट्रक कब्जा गरेर करिब २ सय मानिस ट्रक लिएर काठमाडौँ प्रहरीको भवन कब्जा गर्न गएका थिए । तर, सुरक्षा रणनीति प्रयोग गरेर भवन जोगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । उनले भने, ‘हामीले सुरक्षा रणनीति प्रयोग गरेर कार्यालय भवन जोगाएका छौँ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar