यस्तो छ आगलागी पछिको सिंहदरबार

  • कालिका खवर
  • बिहिबार, भदौ २६, २०८२
  • काठमाडौं, २६ भदौ । देशभर फैलिएको जेनजी आन्दोलनले मंगलबार नयाँ मोड लिँदा राजधानीस्थित सिंहदरबारमा भीषण आगलागी भएको थियो। प्रदर्शन उग्र बन्दै जाँदा आक्रोशित समूहले सिंहदरबारमा आक्रमण गरी आगो लगाएको थियो।

    आगलागीका कारण सिंहदरबारको ऐतिहासिक भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। आगोका लप्काले भित्र रहेका महत्वपूर्ण कागजात, सामग्री र संरचनाहरू जलेर नष्ट भएका छन्।

    हाल आगलागीपछि सिंहदरबार भित्रको अवस्था अत्यन्तै दर्दनाक देखिएको छ । भित्ताहरू भत्किएका, कागजहरू खरानीमा परिणत भएका छन् । घटनास्थलका तस्बिर र भिडियोहरूले क्षतिको भयावहता झल्काउँछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar