समाचार सङ्कलनमा खटिइएका चार पत्रकार घाइते

  • कालिका खवर
  • सोमवार, भदौ २३, २०८२
  • काठमाडौँ, २३ भदौ  ‘जेनजी’ प्रदर्शनको समाचार सङ्कलनमा खटिएका चार पत्रकार घाइते भएका छन् । नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शनको समाचार सङ्कलन गर्न खटिएका पत्रकारहरु श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना, उमेश कार्की र शम्भु दङ्गाल घाइते भएका नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

    घाइते पत्रकारको ट्रमा सेन्टर, पाटन अस्पताल र सिभिल अस्पतालमा उपचार भइरहेको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले घाइते पत्रकारको अवस्थाबारे जानकारी लिने काम भइरहेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar